धनकुटामा गृहमन्त्री बादललाई कालो झण्डा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनकुटामा गृहमन्त्री बादललाई कालो झण्डा


३ माघ २०७७, शनिबार


धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई धनकुटामा विद्यार्थीहरुले कालो झण्डा देखाएका छन् ।

नेकपा ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनकुटा पुगेका उनलाई नेविसंघका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । उनीहरुले गृहमन्त्री थापाविरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशभर ओलीपक्षीय नेता एवं मन्त्रीहरूलाई ठाउँठाउँमा कालो झण्डा देखाइएको छ । केही समयअघि गृहजिल्ला स्याङ्जा पुगेकी मन्त्री पद्मा अर्याललाई पनि नेविसंघका विद्यार्थीले कालोझण्डा देखाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस