लोक सेवाले लिएको लिखित परीक्षामा अनुत्तीर्ण हुँदा… « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोक सेवाले लिएको लिखित परीक्षामा अनुत्तीर्ण हुँदा…


प्रशासन संवाददाता

३ माघ २०७७, शनिबार


काठमाडौँ । लोक सेवा आयोगले लिएको नेपाली सेनाको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएका छैनन् ।

नेपाली सेनाको प्राड उ.से पद र प्रा.उ.स. लाईब्रेरियन पदका लागि लिईएको परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले जानकारी दिएको छ ।

यहीँ असोज २३ र २५ गते परीक्षा लिइएको थियो । प्रा.से लाईब्रेरियनको लागि १ जना माग गरिएकोमा २ जना परीक्षामा संलग्न रहेको र प्राड उ.से पदको लागि १ जना माग गरिएकोमा ३ जनाले परीक्षा दिएका थिए ।

परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण हुन नसक्दा उक्त पद रिक्त रहेको छ ।

यस्तो परीक्षा नतिजा :

Tags :
प्रतिक्रिया दिनुहोस