आईपीओमा पहिलो दिनमै २ लाख ८५ हजार ३१८ जनाको आवेदन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आईपीओमा पहिलो दिनमै २ लाख ८५ हजार ३१८ जनाको आवेदन


३ माघ २०७७, शनिबार


वीरगञ्ज। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा पहिलो दिनमा २ लाख ८५ हजार ३१८ जनाले आवेदन दिएका छन् ।

शुक्रवार साढे ४ बजे सम्म मात्रै कुल निष्काशनको ४८ दशमलव ८७ प्रतिशत शेयरको लागि आवेदन परेको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

विक्री प्रबन्धकका अनुसार सो अवधिसम्ममा ३ करोड ७० लाख ६२ हजार ६७० कित्ता शेयरको लागि ३ अर्ब ७० करोड रुपियाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सबैभन्दा बढी ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री खुला गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस