धनकुटामा राष्ट्रिय बीमा संस्थानको शाखा विस्तार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धनकुटामा राष्ट्रिय बीमा संस्थानको शाखा विस्तार


२९ पुस २०७७, बुधबार


काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले धनकुटामा शाखा विस्तार गरेको छ । मंगलबार राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले धनकुटा शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

धनकुटा र आसपासका क्षेत्रमा बीमाको पहँच बढाउन र सरोकारवालाहरुलाई बीमा सम्बन्धी सम्पुर्ण सेवा प्रवाह गर्न संस्थानले व्यवसाय विस्तारको सिलसिलामा १६ औ शाखा स्थापना गरेको पाठकले बताए ।

कार्यक्रममा धनकुटा नगरपालिका वडा न ७ का वडाध्यक्ष श्री जंगबहादुर राई लगायत केहि वित्तीय संस्थाका शाखा प्रबन्धकहरु तथा राष्ट्रिय बीमा संस्थानका वरिष्ठ अभिकर्ता र बिमितहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा पाठकले धनकुटा शाखाबाट जारी भएको बीमालेख बीमितहरुलाई वितरण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस