२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक : अध्यक्ष यादव

अ+ अ-

पर्सा । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

सङ्घीय प्रेस फोरम पर्साले आज वीरगञ्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको असंवैधानिक कदमका कारण सङ्घीयता र गणतन्त्र जस्ता प्राप्त उपलब्धि गुमिने खतरा उत्पन्न भएकाले वर्तमान राजनीतिक जटिलताबाट मुलुकलाई बाहिर निकालन सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक रहेको छ भने ।

अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा परेको रिटको फैसला लोकतन्त्रवादीको पक्षमा आउने र प्रतिनिधिसभा पुनस्र्थापित हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै वैशाख महिनामा कुनै पनि हालतमा निर्वाचन नहुने बताए । उनले प्रतिनिधिसभा विघटनको विषय विशुद्ध राजनीतिक भएकाले यसको निकास पनि राजनीति तवरले खोज्न जरुरी रहेको बताए ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले नेपाल भारतबीच रहेका सबै विवाद र समस्याको निकास वार्ता र संवादबाटै खोजिनुपर्ने बताए ।

जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य एंव नेता लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गर्नेमा कुनै शङ्का नरहेको बताए। उनले नेपालमा देखापरेका ऐतिहासिक मुद्दाहरुमा सर्वोच्चले सधैँ लोकतन्त्र र जनताको पक्षमा फैसला गरेकाले प्रतिनिधिसभा पुनस्र्थापित हुनेमा कुनै शङ्का नरहेको प्रस्ट पारे ।

सङ्घीय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।