२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाखुशी लुटपाट प्रकरणमा प्रहरी भूमिकाबारे छानविन गर्न समिति गठन

अ+ अ-

काठमाडौँ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले विवादमा मुछिएका महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्कामाथि छानविन गर्न समिति गठन गरेको छ ।

सामाखुशीबाट १० पुसमा लुटिएको दाबी गरिएको ३० तोला सुन प्रकरणमा प्रहरीको भूमिकामाथि छानविन गर्न प्रहरी उपरीक्षक (एसपी) भोलाराज रावलको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो ।

छानबिन समितिमा काठमाडौँ प्रहरी परिसर, टेकुका डीएसपी प्रमेश विष्ट र अपराध महाशाखाका डीएसपी निशान थापा सदस्य छन् । रावल नेतृत्वको समितिलाई प्रकरणबारे यथाशिघ्र छानविन गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।

सामाखुशीबाट दोलखाका संयोग कार्की, सुवास तिम्सिनासहितका व्यक्तिको सुनको ब्रास्लेट लुटिएको भनिएको थियो । त्यसबारे जानकारी पाएपछि बसपार्क प्रभागका प्रहरी नायब निरीक्षक ९सई० नवराज इटानीले योजनाकार भएको बताउँदै सुर्खेतका दीपक नेपालीलाई पक्राउ गरेका थिए ।

यद्यपि, उनले आफ्नो कमाण्डर बसपार्कका निरीक्षकलाई रिपोर्ट नगरी महाराजगञ्ज प्रहरी वृत्त लगेका थिए । इटानीले करिब डेढ घन्टा केरकार गरेर साँझ महाराजगञ्ज लगेपछि डीएसपी रोशन खड्काले लुटिएको भनिएको सुनबारे सोधीखोजी गरेका थिए ।

पीडित भनिएकाले सुनको बिल देखाउन नसकेपछि डीएसपी खड्काले पक्राउ परेका नेपालीलाई छाडेको भनिएको छ । तर, कार्कीले भने पीडितलाई नै उल्टै बिल देखाउन भन्दै मुद्दा चलाउने धम्की दिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस