विज्ञापन सङ्घका अध्यक्षमा सोमप्रसाद धिताल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

विज्ञापन सङ्घका अध्यक्षमा सोमप्रसाद धिताल


२७ पुस २०७७, सोमबार


काठमाडौँ । नेपाल विज्ञापन सङ्घको २१औँ वार्षिक साधारणसभाले सोमप्रसाद धितालका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधानअनुसार वरिष्ठ उपाध्यक्ष धिताल आगामी कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका हुन्।

सङ्घको वरिष्ठ उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा, द्वितीय उपाध्यक्षमा पीताम्बर पोख्रेल, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा पङ्कजलाल प्रधान र सचिवमा सन्तोष खड्का रहेका छन् । यसैगरी सह कोषाध्यक्ष जीवन पोख्रेल, सदस्यमा क्रमशः साजन श्रेष्ठ, विशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने र विधान राजभण्डारी रहेका छन् ।

निर्वाचमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्ष निर्विरोध चयन भएको थियो भने अन्य पदमा मतदान गरिएको थियो । सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको ‘एस भोट’ बाट आगामी कार्याकालका लागि स्वतः अध्यक्ष रहने प्रावधान छ ।

नवनिर्वाचित अध्यक्ष धितालले सबै मिलेर विज्ञापन व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमा काम गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस