माघ ७ गते देखि तातोपानी नाका २० दिन बन्द हुने « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

माघ ७ गते देखि तातोपानी नाका २० दिन बन्द हुने


२६ पुस २०७७, आइतबार


काठमाडौँ । आगामी माग ७ गते देखी २० दिनका लागि तातोपानी नाका बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न माघ ७ (२ जनवरी) देखि नाका बन्द गरिने चिनियाँ पक्षले जानकारी गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

‘बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २० जनवरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको छ,’ तातोपानी भन्सार प्रमुख लाबहादुर खत्रीले बताए । पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागामा केही दिनअघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको उनले बताए ।

तिब्बतबाट प्राविधिक मगाएर चिनियाँ पक्षले पुलको अवस्था जाँच गरेपछि मर्मत गरिने निश्चित भएको उनको भनाइ छ । बढीमा तीन सातामा पुल मर्मत सकिने जानकारी चिनियाँ पक्षले नेपाललाई गराएको छ ।

पुल मर्मतकालागि नाका बन्द रहने भएपछि बाटोमा रहेका सामानहरु छिटो ल्याउन पहल भइरहेको भन्सारले जनाएको छ । हाल दैनिक १८ वटा कन्टेनरमार्फत नाकाबाट सामान भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ । पुल मर्मत गर्दा बाटोमा सामान नअड्कियोस भनेर मा छिटो(छिटो सामान ल्याउँदा भन्सारको राजश्व बढेर तीन सातामा १८ करोड पुगेको भन्सार कार्यालयले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस