अदालतलाई स्वतन्त्रतापूर्वक काम गर्न दिऊँ : कमल थापा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

अदालतलाई स्वतन्त्रतापूर्वक काम गर्न दिऊँ : कमल थापा


२६ पुस २०७७, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अदालतलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने धारणा राखेका छन् । आइतबार पोखरामा पत्रकारहरूसँगको छलफलमा थापाले प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा सर्वोच्च अदालतलाई दबाब नदिई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

अध्यक्ष थापाले सर्वोच्चको फैसला नआउँदासम्म दबाब दिन नहुने बताएका छन् । उनले भने, ‘संविधानमाथि नै गलत भइरहेको अवस्थामा अहिले मौन बस्नुको विकल्प छैन, सर्वोच्चमा विचाराधीन मुद्दा छ, हामी बोल्नुको कुनै अर्थ छैन । यस्तो बेला सर्वोच्चलाई काम गर्न दिने हो, बोलेर दबाब दिने होइन ।’

यस्तै उनले वैशाखमा चुनाव हुनसक्ने सम्भावना रहेको भन्दै जनताको अभिमतबाटै हिन्दु राष्ट्र फर्किने दाबी पनि गरे । उनले ओली सरकार असफल भएको अवस्थामा सरकारबाट मुक्ति पाउन पनि साझा जनादेशमा जानुपर्ने जरुरी भएको दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस