२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जगदुल्लामा ५ बेडको कोभिड अस्पताल सञ्चालनमा

अ+ अ-

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिकामा कोभिड अस्पताल सञ्चालन गरिएको छ । बढ्दो कोरोना भाइरसबाट सङ्क्रमितको उपचार गर्न गाउँपालिकामा पाँच बेडको कोभिड अस्पताल सञ्चालन गरिएको हो ।

जुम्ला, जाजरकोटसँग सीमा जोडिएको जगदुल्ला गाउँपालिकामा पछिल्लो समय कोरोना भित्रन सक्ने भन्दै पूवैतयारी स्वरूप अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष रोकायाका अनुसार जिल्ला सदरमुकाममा कोरोना दैनिक बढी रहेकोले आफ्नो गाउँपालिका क्षेत्रमा पनि सङ्क्रमण हुन सक्ने देखिएकोले पूर्वतयारी थालिएको बताए ।

गाउँपालिकाका पाँच बेडको अस्थायी कोरोना अस्पताल निर्माण गरी सञ्चालनमा समेत आएको प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए । जैसीले भने ‘तयारी पहिले नै नगरे सङ्क्रमण फैलिई सके झनै ठुलो खतरा निम्तने भएकोले पनि कोरोना अस्थायी अस्पताल सञ्चालन गरिएको हो ।’

गाउँपालिकाकाले सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाबाट सदरमुकाम र छिमेकी जिल्लामा जाँदा अनिवार्य सिफारिस लिनुपर्ने र भित्र प्रवेश गर्दा पिसिआर गरेको हुनुपर्ने उल्लेख गरेको छ । यदि पिसिआर बिनै गाउँपालिकामा प्रवेश गरे १० दिन तोकेको क्वारेनटिनमा बस्नुपर्ने भन्दै सबै सज रहन आग्रह गरेको छ ।

पिसिआर र एन्टीजिन प्रविधिको प्रयोगबाट परिक्षण गरी सङ्क्रमितहरूको उपचार कोरोना अस्थायी अस्पतालमा राखेर उपचार गरिने भएकोले अस्पतालका लागि चाहिने पर्याप्त भएका सबै साधनको व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिए ।