कार्यालयमा भिड बढेपछि बार छुट्याएर मालपोतको काम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कार्यालयमा भिड बढेपछि बार छुट्याएर मालपोतको काम


२५ पुस २०७७, शनिबार


अर्घाखाँची । अर्घाखाँची मालपोत कार्यालयमा सेवाग्राहीको अत्याधिक भिड बढेपछि बार छुट्याएर सेवा दिन सुरु गरेको छ । कोरोना भाइरस संक्रमणको जोखीम र सेवालाई प्रभावकारी बनाउन नगरपालिका र गाउँपालिकाहरुका लागि बार निर्धारण गरेर काम गरेको सेवा दिन सुरु गरेको हो ।

जिल्लाका ६ वटा स्थानीय तहमध्ये तीनवटा नगरपालिका र तीनवटा गाउँपालिकाका लागि बार निर्धारण गरी सेवा सञ्चालन गरिएको छ । शसस्त्र द्वन्द्वको समयमा सदरमुकाम सन्धिखर्कमा आक्रमण हुँदा लालपूर्जा जलेर नष्ट भएकाहरुले पुनःपूर्जा बनाउन थालेपछि कार्यालयमा भिड बढेको हो ।

मालपोतमा भएका पुराना श्रेस्ता, ठेली, नामसारी, राजीनामा, दाखिला खारेजी, अंशवण्डा, सट्टा–पट्टा लगाएका सेवालाई नयाँ प्रविधिबाट व्यवस्थित गर्दा भिड बढेको मालपोत कार्यालय अर्घाखाँचीका प्रमुख ताराप्रसाद पोखरेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस