‘प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’ प्लेकार्ड बोकेर डा. केसी सडकमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’ प्लेकार्ड बोकेर डा. केसी सडकमा


२५ पुस २०७७, शनिबार


काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरोधमा अहिंसात्मक नागरिक प्रदर्शन गरिएको छ

वर्तमान सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न, प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शन भएको हो।

संविधानवादको रक्षा, प्रतिनिधिसभा पुनर्स्थापना र ओली सरकारको स्वेच्छारी कदम अन्त्यको माग गर्दै उनीहरूले शनिबार माइतीघर मण्डलामा विरोध प्रदेश गरेका हुन् । प्रदर्शनमा डा. केसी ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ भन्ने प्लेकार्ड सहित सहभागी भएका थिए ।

उक्त कार्यक्रम सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले आयोजना गरेको हो। त्यसक्रममा निषेधित क्षेत्रमा बसेको भन्दै डा. केसी लगायतलाई प्रहरीले त्यहाँबाट हटाएको थियो ।

अधिवक्ता ओमप्रकाश अर्यालले संविधानवाद र लोकतन्त्र रक्षाका लागि संसद पुनस्र्थपना हुनुपर्नेमा जोड दिए । नेपालको संविधान र लोकतन्त्र धरापमा परेको उनले बताए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यसको विरोधमा संसदमा एक दर्जन रिट दर्ता भएका छन् । प्रतिनिधिसभा विघटन देशको माग नभएको भन्दै देशभरबाट विभिन्न दलका नेता कार्यकर्ता र अगुवाहरुले यसको विरोध गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस