भारतको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० शिशुको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० शिशुको मृत्यु


एजेन्सी

२५ पुस २०७७, शनिबार


कामठमाडौँ । भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ । महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको हो ।

शनिवार बिहान करिब दुई बजेतिर अस्पतालको नवजात शिशुस्याहर केन्द्रमा आगलागी भएको थियो । आगलागी भएको स्थानबाट सात शिशुको उद्धार गरिएको बीबीसीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस