काठमाडौँ महानगरका विद्यालय माघ १ गतेबाट खुल्ने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

काठमाडौँ महानगरका विद्यालय माघ १ गतेबाट खुल्ने


प्रशासन संवाददाता

२४ पुस २०७७, शुक्रबार


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ । चालु शैक्षिक सत्रको तीन महिनामात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने टुंगो गरेको हो ।

महानगरले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी रहेको महानगरपालिकाका प्रवक्ता तथा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार महानगरका विद्यालयले गत असारबाट अनलाइन कक्षा चलाइरहेका छन् ।

अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए पनि भौतिक कक्षाजस्तो प्रभावकारी हुन नसकेको शिक्षक तथा अभिभावकले बताउँदै आएका छन् । महानगरले आफू मातहतको मेट्रो एफएममार्फत रेडियो कक्षासमेत सञ्चालन गरिरहेको छ ।

माग १ देखि माहानगर भित्र रहेका सम्मपुर्ण निजि तथा सामुदयिक विद्यालय संचालनको लागि अनुमति दिइसकेको छ । शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकअनुसार काठमाडौँ जिल्लामा १ हजार ४ सय १५ विद्यालय छन् । तिनमा १ हजार १ सय ४० निजी र २ सय ७५ सामुदायिक छन् । महानगरपालिकाभित्र ९३ सामुदायिक र ६ सय ४२ संस्थागत (निजी) विद्यालय रहेको इकाइ प्रमुख नन्दलाल पौडेलले जनाएका छन् । उपत्यकाका अन्य नगरपालिकाले पनि भौतिक कक्षा सञ्चालनका निम्ति अनुमति दिइसकेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस