इजरायलमा मोडर्नाको कोरोना खोप प्रयोगका लागि अनुमती « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इजरायलमा मोडर्नाको कोरोना खोप प्रयोगका लागि अनुमती


एजेन्सी

२१ पुस २०७७, मंगलबार


काठमाडौँ । इजरायलले अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले बनाएको कोरोना खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । कम्पनीले सोमबार एक वक्तव्यमार्फत इजरायलले कोरोना खोप प्रयोगका लागि अनुमति दिएको बताएको छ ।

इजरायलले पहिलो चरणमा ६० लाख डोज अर्डर गरेको छ । केही दिनमै इजरायलमा कोरोना खोप आपूर्ति सुरु हुने पनि कम्पनीले जनाएको छ । मोडर्नाको कोरोना खोपलाई पहिलो पटक डिसेम्बर १८ मा अमेरिकाले प्रयोगका लागि अनुमति दिएको थियो । त्यसपछि डिसेम्बर २३ मा क्यानडाले मोडर्नाको खोपलाई अनुमति दिएको थियो ।

इजरायलले द्रुत गतिमा कोरोना खोप कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

मोडर्नाले सन् २०२१ मा मात्रै ६० करोड डोज कोरोना खोप उत्पादन गर्ने बताएको छ । मोडर्नाले अमेरिकी सरकारलाई १ करोड ८० लाख डोज कोरोना खोप आपूर्ति गरिसकेको छ । अमेरिकाले मोडर्नासँग २० करोड डोज कोरोना खोप किन्ने सहमति गरिसकेको छ । त्यस्तै मोडर्नासँग क्यानडाले ४ करोड डोज कोरोना खोप किन्ने सहमति गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस