२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक, विशेष सावधानी अपनाउन सरकारको अपिल

अ+ अ-

काठमाडौँ । मौसममा आएको बदलावसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढेको छ ।

सोमबार खतराको तह नै पार गरेको काठमाडौँको वायु प्रदूषण मङ्गलवार पनि अत्यधिक रहेको वातावरण विभागले जनाएको छ । बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएकोले यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै सजग रहन विभागले अपिल गरेको छ ।

विशेष गरी बालबालिका वृद्ध वृद्धा एवं दम खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरू बढी प्रभावित हुने भएकोले यस्ता व्यक्तिहरूले सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्किदा विशेष सावधानी अपनाउनु पर्ने विभागमा महानिर्देशक मुकुन्द निरौलाले बताए ।

महानिर्देशक निरौलाका अनुसार काठमाडौँ उपत्यका बाहेक तराई क्षेत्रका सहरहरू जस्तै नेपालगन्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकोले तराई क्षेत्रका नागरिकहरूलाई पनि विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

फोहोर बाल्दा र आगो बाल्दा समेत वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगर्न पनि विभागले भनेको छ ।

साथै वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकोले मौसम यस्तै भइरहेमा केही समयसम्म प्रदूषण यस्तै रहन अथवा अझै खराब समेत हुने सम्भावना रहेको हुनाले विशेष सावधानी अपनाउनु पर्ने विभागको भनाई छ ।

वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स९एक्वुआई०मा मापन गरिन्छ। एक्वुआई ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ भने १५० सम्म पुग्दा संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु जोखिमपूर्ण हो भने तीन सयभन्दा माथि जानु चाहिँ घातक मानिन्छ ।

स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार साँझ काठमाडौँको एयर क्वालिटी इन्डेक्स ४८७ थियो।

प्रतिक्रिया दिनुहोस