प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि मुम्बई लगियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि मुम्बई लगियो


२० पुस २०७७, सोमबार


काठमाडौँ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ ।

नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो । सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् ।

न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा सीताको उपचार हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिएका छन् ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)भनिन्छ । पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी थिइन् ।

यसअघि सीतालाई भारत, अमेरिका र सिंगापुर लगेर उपचारगराइएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस