दीपेन्द्र तमत्ताको आवाजमा ‘छाडी जाने मायालु’ सार्वजनिक « प्रशासन
prasaLogo
१९ पुष २०७७, आईतवार

दीपेन्द्र तमत्ताको आवाजमा ‘छाडी जाने मायालु’ सार्वजनिक


प्रकाशित मिति : 3 January, 2021 3:05 pm

काठमाडौँ । गायक सुरज कलाखेतीको शब्द संगीतमा रहेको ‘छाडी जाने मायालु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक दीपेन्द्र तमत्ताले आवाज दिएका छन् भने एरेन्ज रोमन बज्रचार्यको रहेको छ ।

सो गीतको म्यूजिक भिडियोमा मोडल समिप तामाङ र शीर्षक भन्डारीको मुख्य अभिनय रहेको छ भने निबि श्रेष्ठ र हिरा श्रेष्ठले सहायक भूमिका निवार्ह गरेका छन् । भिडियोको डिरेक्सन मोडल स्वयमले गरेका छन् ।

भिडियोमा बर्तमान अवस्थाको प्रेमिल जोडीको विषय वस्तु चित्रण गरिएको छ ।

गीत सँगै भिडियो पनि सोचे जस्तै राम्रो बनेको भन्दै गायकद्वय कलाखेती र तमत्ताले दर्शक श्रोताले मन पराउनुहुन्छ भन्ने आशालिएको बताए। यस गीत गायक तमत्ताले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।

हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया दिनुहोस