सशस्त्र प्रहरीको लिखित परीक्षामा १० जना नक्कली परीक्षार्थी पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सशस्त्र प्रहरीको लिखित परीक्षामा १० जना नक्कली परीक्षार्थी पक्राउ


प्रशासन संवाददाता

१९ पुस २०७७, आइतबार


काठमाडैँ । सशस्त्र प्रहरीको लिखित परीक्षामा १० जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना शनिबार पक्राउ परेका हुन् ।

खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह र साधारण उपसमूहतर्फको लिखित परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाइस’ प्रयोग गरी परीक्षार्थीको यकिन गर्ने क्रममा नेपालभरका विभिन्न परीक्षा केन्द्रबाट १० जना नक्कली परीक्षार्थी फेला पारिएको हो ।

सशस्त्र प्रहरी बलमा भर्ना छनोट कार्य निष्पक्ष र पारदर्शी गर्ने उद्देश्यले सो डिभाइस प्रयोगमा ल्याइएको सशस्त्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस