काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव आनन्दराज ढकाललाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक पदमा काजमा पठाएको छ ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढकाललाई काजमा पठाउने निर्णय गरेको हो ।
आउँदो साता अनिवार्य अवकाशमा जान लागेका सचिव ढकाललाई केही दिन अघि मात्रै लोक सेवा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको थियो ।







