भ्रमणमा निस्किए सेनापति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भ्रमणमा निस्किए सेनापति


१० पुस २०७७, शुक्रबार


काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापा निरीक्षण भ्रमणमा हिँडेका छन् । थापाले शुक्रवार नवलपरासी जिल्लामा तैनाथ राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, वन तथा पर्यावरण सुरक्षा गण, बटुक दल गण र भरतपुरमा तैनाथ काली बहादुर गणको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणको क्रममा सेनापति थापाले उक्त गण, गुल्म तथा शिक्षालयको स्थलगत निरीक्षण, वस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।

थापा भोलि र पर्सि सैनिक ईक्वाईन वृडिङ्ग सेन्टर, भरतपुर लगायत अन्य युनिटहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस