राप्रपाको एजेण्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ : थापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राप्रपाको एजेण्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ : थापा


८ पुस २०७७, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन वा चुनावबाट पार्टीको कार्यसूची स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेका छन् । आन्दोलन तयारी बैठकलाई आज यहाँ सम्बोधन गर्दै थापाले राप्रपाको मार्गचित्रबाट मात्र मुकुकको सङ्कटमोचन हुनसक्ने जिकिर गरे ।

नेता थापाले सबै राष्ट्रवादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भई अघि बढ्न आग्रह गरे । राप्रपा अध्यक्ष पशुपति शम्शेर जबराले कांग्रेस कम्युनिष्टले मुलुक सञ्चालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नुपर्ने बेला भएको तथा राजसंस्था र हिन्दूराष्ट्रलाई पुनःस्थापना गर्नको निमित्त सबै तह र तप्कामा सक्रियताको आवश्यकता भएको बताए ।

अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकलाई असफलताको बाटोमा लान नदिन राप्रपा बलियो हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले यही पुस १७ गते काठमाडौँमा हुने प्रदर्शनको खाका प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस