जसपाद्वारा संसद विघटनको विरोधमा भैरहवामा प्रदर्शन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जसपाद्वारा संसद विघटनको विरोधमा भैरहवामा प्रदर्शन


८ पुस २०७७, बुधबार


बुटवल । जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको विरोधमा रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ ।

भैरहवामा सिद्धार्थनगर-४ उद्योगपुरीस्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन गल्लामण्डी, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य तथा पूर्व वनमन्त्री मोहम्मद वकिल मुसलमानले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी काम गरेको बताए ।

पार्टीका अर्का केन्द्रीय सदस्य देवेन्द्र पाण्डेयले प्रधानमन्त्री ओली गणतन्त्र,संघीयता र धर्म निरपेक्षता विरोधी भएकाले आन्दोलनबाट प्राप्त उपलब्धी गुम्न नदिन प्रतिनिधि सभा पुनस्थापनाका लागि आन्दोलनको विकल्प नभएको बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस