उखु किसानहरुको प्रदर्शन आज पनि जारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उखु किसानहरुको प्रदर्शन आज पनि जारी


७ पुस २०७७, मंगलबार


काठमाडौँ । उखु किसानहरुले आज (मंगलबार) पनि काठमाडौँको माइतीघर मण्डालामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरु १० दिन यता माइतीघर मण्डालामा निरन्तर प्रदर्शन गरिरहेका छन् । किसानहरुले चिनी मिल सञ्चालकहरुबट करिब ९० करोड रुपैयाँ पाउन बाँकी छ ।

गत वर्षको सरकारले उद्योगीहरुबाट भुक्तानी दिलाउन किसान र उद्योगी बिच सम्झौता गराएपनि उक्त सम्झौता अनुसार भुक्तानी नपाएपछि किसानहरु फेरी काठमाडौँको माइतीघर मण्डलामा आएर आन्दोलन गर्न बाध्य भएका हुन् ।

सरकारले किसानको भुक्तानी नदिने उद्योगीहरुलाई कारबाही गर्ने बताएपनि अहिले सम्म कुनैपनि उद्योगीलाई कारबाही गरेको छैन् । किसानहरुले आफ्नो भुक्तानी पाउन पनि सकिरहेका छैनन् । उखु किसानहरुले आफुहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी राख्ने उखु किसानको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस