कांग्रेस केन्द्रीय समिति बैठक जारी, ओलीविरुद्धको रणनीति तय गर्ने « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कांग्रेस केन्द्रीय समिति बैठक जारी, ओलीविरुद्धको रणनीति तय गर्ने


७ पुस २०७७, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अहिले सानेपास्थित पार्टी कार्यालयमा बसिरहेका छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी महाधिवेसनको तयारी सम्बन्धमा पनि छलफल हुने जनाएको छ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बसेको हो। बैठकले प्रधानमन्त्री ओलीविरुद्ध रणनीति तयार पार्ने बैठकमा सहभागी कांग्रेसका एक नेताले बताए।

यसअघि कांग्रेसले सोमबार नेकपाको प्रचण्ड-नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गरेको थियो। उक्त छलफलमा तीनै दलले संयुक्त रुपमा सरकारका कदमबारे छलफल गर्न मंगलबार केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस