आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट


प्रशासन संवाददाता

७ पुस २०७७, मंगलबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाले घेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ४०० मा कारोवार हुने गरी तोकिएको महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला रु ९४ हजार ७०० मा सोमबार कारोवार भएको थियो ।

यसैगरी चाँदी प्रतितोला रु पाँचले घटेको छ । प्रतितोला रु एक हजार ३२० मा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३१५ मा कारोवार हुने गरी तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस