नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु, ओलीसहितका नेता अनुपस्थित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु, ओलीसहितका नेता अनुपस्थित


५ पुस २०७७, आइतबार


काठमाडौँ । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । सात मन्त्रीहरूको सामूहिक राजीनामापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकट नेताहरू उपस्थित भएका छैनन् ।

सरकारले संसद् विघटन गरेपछि त्यसबारे छलफल गर्न बैठक सुरु भएको हो ।

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य रामबहादुर थापा र ईश्वर पोखरेल सहभागी नभएका हुन् ।

दाहाल–नेपाल निकट मन्त्रीहरू गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, वर्षमान पुन, योगेश भट्टराई, शक्ति बस्नेत, रामेश्वर राय यादव र विना मगरले सामूहिक राजीनामा दिइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस