मोडर्ना भ्याक्सिनले पनि अमेरिकामा मान्यता पायो « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मोडर्ना भ्याक्सिनले पनि अमेरिकामा मान्यता पायो


एजेन्सी

४ पुस २०७७, शनिबार


वासिङ्टन । अमेरिकाले कोरोना भाइरस (कोभिड १९) विरुद्ध आफ्नै देशको औषधि कम्पनी मोडर्नाले निर्माण गरेको भ्याक्सिनलाई पनि आपत्कालीन प्रयोगका लागि मान्यता दिएको छ । मोडर्ना अमेरिकामा मान्यताप्राप्त गर्ने कोरोना भाइरसविरद्धको दोस्रो भ्याक्सिन हो ।

अमेरिकाले यसअघि जर्मन कम्पनी बायोन्टेक र अमेरिकी कम्पनी फाइजरले संयुक्त रूपमा निर्माण गरेको भ्याक्सिनलाई पनि मान्यता दिइसकेको छ । फाइजर भ्याक्सिनलाई अमेरिकाभन्दा पहिले बेलायतले मान्यता दिएको थियो । अमेरिका, बेलायत, क्यानडालगायत देशमा फाइजर भ्याक्सिन सर्वसाधारणका लागि समेत लगाउन (मास भ्याक्सिनेसन) सुरु गरिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस