ठूलो संख्यामा सिडिओको हेरफेर, पाँचथरमा पुण्य ढकाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ठूलो संख्यामा सिडिओको हेरफेर, पाँचथरमा पुण्य ढकाल


३ पुस २०७७, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ ।

मन्त्रालयले शुक्रवार ६ जना सहसचिव र १२ जना उपसचिवसहित १८ जना कर्मचारीको सरुवा गरेको हो ।

गृह मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुर, धनकुटाका प्रजिअ केशवप्रसाद विमलीलाई महोत्तरी, गृहका सहसचिव वासुदेव दाहालाई धनकुटा, रामेछापका प्रजिअ रुद्रादेवी शर्मालाई गुल्मी, पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मालाई रामेछापको प्रजिअमा र खोटाङका प्रजिअ शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट सचिवमा बढुवा भएर बाग्मती प्रदेश कार्यालयमा पठाइएकाले निरौलालाई ललितपुरमा सरुवा गरिएको हो । यस्तै महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई कारागार कार्यालय झुम्का, सुनसरी पठाइएको छ भने भोजपुरका प्रजिअ वसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय उदयपुरको कटारी पठाइएको छ ।

अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत कृष्णप्रसाद भण्डारीलाई भोजपुरको प्रजिअ, गुल्मीका प्रजिअ भरतकुमार शर्मालाई गृह मन्त्रालय र डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयका उपसचिव माधवप्रसाद ढकाललाई डोल्पा, मुगुका प्रजिअ कृष्णकुमार निरौलालाई सिरहा र गृह मन्त्रालयका उपसचिव मित्रलाल शर्मालाई खोटाङको प्रजिअमा सरुवा गरिएको छ ।

इलाका प्रशासन कार्यालय कटारीका उपसचिव चन्द्रबहादुर सिवाकोटीलाई मुगु, गृह मन्त्रालयका उपसचिव जयराज भण्डारीलाई तेह्रथुमको प्रजिअमा तथा तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ । मन्त्रालयले कर्मचारी प्रशासन शाखाका उपसचिव पुण्य ढकाललाई पाँचथरको प्रमुख जिल्ला अधिकारीमा पठाएको छ ।

सरुवा गर्दा प्रजिअको तालिम नै नलिएका व्यक्तिलाईसमेत सिडिओ बनाई पठाइएको गृह स्रोतले बताएको छ । जिल्लाको प्रमुख प्रशासनिक व्यक्तित्वका रुपमासमेत लिइने प्रमुख जिल्ला अधिकारीले न्यायिक अधिकारसमेत प्रयोग गर्नुपर्ने भएकोले तालिम र अनुभवी कर्मचारीलाई पठाइने गरिन्छ । तर, पछिल्लो समय राजनीतिक तथा अन्य चलखेलबाट पनि खटाइदा प्रशासनिक उल्झनहरू आउने गरेको उदाहरण पर्याप्त छन् ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस