प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक


२ पुस २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले (आज) बिहिबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा साँझ ६ बजे बस्ने गरी बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठक अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्ष समेत प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए । सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्न लागेको बताइएको छ ।

बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन समेत दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस