पार्टी फुट्दैन, स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्छ : गृहमन्त्री थापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पार्टी फुट्दैन, स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्छ : गृहमन्त्री थापा


२९ मंसिर २०७७, सोमबार


चितवन । गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनैपनि हालतमा नफुट्ने बताएका छन् । उनले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै यसप्रकारको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ हुने बताए ।

प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टी भित्रको मतभेद अन्त्य गरी पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।

नेकपा का सचिवालय सदस्य थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन् । पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने स्पष्ट गरे । नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस