दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी


२९ मंसिर २०७७, सोमबार


तुलसीपुर । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए। आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५/१६ जना यात्रु भएको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस