बलात्कार घटना लुकाउन ५ लाख दिएर मिलापत्र गराउने ६ जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बलात्कार घटना लुकाउन ५ लाख दिएर मिलापत्र गराउने ६ जना पक्राउ


२६ मंसिर २०७७, शुक्रबार


मोरङ । मोरङमा बलात्कार गरेको घटनालाई लुकाउन ५ लाख रुपैया दिएर मिलापत्र गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत भदौ २४ गते बेलुका मोरङको धनपालथान गाँउपालिका ५ मा धान खेतमा बीउ छर्दै गर्दा २१ वर्षीया युवतीमाथि बेलबारी नगरपालिकाका ३२ वर्षीय सुरेशकुमार खवासले बलात्कार गरेको घटनालाई लुकाएर पिडीतलाई ५ लाख रुपैया दिएर मिलापत्र गराउने ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले घटनापछि मंसिर १९ गते घटनाका आरोपि सुरेशकुमारलाई रंगेली बजारबाट पक्राउ गरेको थियो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सो घटना लुकाउन मिलापत्र गराउने रंगेली नगरपालिका १ का ६७ वर्षीय जगत नारायण खवास, धनपालथान गाँउपालिकाका ५ का ६५ वर्षीय धनेशु खवास, ६२ वर्षीय मागन खवास र कलकनु खवास, ५३ वर्षीय सुधारसिंह खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षीय मथालु खवास रहेका छन्।

पक्राउ परेकाहरुले पीडित पक्षलाई गाँउमै पुगेर सो रकमको प्रलोभन दिएर मिलापत्र गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसपछि प्रहरीले मिलापत्रमा संलग्न ६ जनालाई नै मिलापत्र कागजसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस