फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा


२६ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएको छ । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएको हो ।

बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो ।

कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए । त्यसपछि उनी नेपाल फर्किएनन् । उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस