छेन्दु महावाणिज्यदूतमा दिनेश घिमिरेलाई पठाउने निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

छेन्दु महावाणिज्यदूतमा दिनेश घिमिरेलाई पठाउने निर्णय


२५ मंसिर २०७७, बिहिबार


काठमाडौँ । सरकारले छेन्दु महावाणिज्यदूतमा सहसचिव दिनेश कुमार घिमिरेलाई पठाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव घिमिरेलाई चीनको सिचुवान प्रान्तको छेन्दु सहरमा अवस्थित नेपालको महावाणिज्य दूतावासमा पठाउने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

केही दिन अघि मात्रै उनको परराष्ट्र मन्त्रालयमा सरुवा भएको थियो ।

सम्बन्धित समाचार : छेन्दु महावाणिज्यदूतका लागि सहसचिव घिमिरेको नाम पठाइयो

प्रधानमन्त्री कार्यालयस्थित बैठक महाशाखामा कार्यरत घिमिरे कुशल र अनुभवी प्रशासकका रूपमा चिनिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस