छेन्दु महावाणिज्यदूतका लागि सहसचिव घिमिरेको नाम पठाइयो « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

छेन्दु महावाणिज्यदूतका लागि सहसचिव घिमिरेको नाम पठाइयो


१९ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । छेन्दु महावाणिज्य दूतका एक सहसचिवको नाम पठाइएको छ ।

चीनको सिचुवान प्रान्तको छेन्दु सहरमा अवस्थित नेपालको महावाणिज्य दूतावासका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव दिनेश कुमार घिमिरेको नाम पठाइएको हो ।

परराष्ट्र मन्त्रालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले घिमिरेको नामावली पठाएको हो ।

सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने गरी परराष्ट्र मन्त्रालयले प्रस्ताव लैजाने तयारी गरेको सिंहदरवार विशेष स्रोतले प्रशासन सिंहदरवार ब्युरोलाई बताए ।

प्रतिक्रिया दिनुहोस