नेपाल-भारत हवाई उडानको बाटो खुल्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल-भारत हवाई उडानको बाटो खुल्यो


२५ मंसिर २०७७, बिहिबार


काठमाडौँ । कोरोना माहामारीका कारण ९ महिनादेखी रोकिएको नेपाल-भारत हवाई उडान नियमित गर्न बाटो खुलेको छ ।

नेपाल सरकारले नेपालको एक र भारतको एक वायुसेवा कम्पनीलाई उडानको अनुमति दिने निर्णय गरी सहमतिका लागि भारत सरकारसँग गरेको प्रस्ताव भारतबाट स्वीकृत भएपछि उडान नियमितका लागि बाटो खुलेको हो ।

भारत सरकारबाट उक्त प्रस्ताव स्वीकार गरी एयर इन्डियालाई उडानका लागि तोकिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार नेपालबाट नपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले अब नियमित उडान गर्ने भएका छन् । यी एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने जिम्मा उनी स्वयम् एयरलाइन्सलाई दिइएको छ ।

अब नेपालबाट नेपाल एयरलाइन्सले दिल्लीका लागि एक उडान गर्नेछ । एयर इन्डियाले दिल्लीबाट काठमाडौँका लागि एक उडान गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस