उद्योग मन्त्रालयमा “नवप्रवर्तन शुरुवाती व्यवसाय प्रोत्साहन नीति र अभ्यास” संवाद शृङ्खला सम्पन्न « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

उद्योग मन्त्रालयमा “नवप्रवर्तन शुरुवाती व्यवसाय प्रोत्साहन नीति र अभ्यास” संवाद शृङ्खला सम्पन्न


२३ मंसिर २०७७, मंगलबार


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले “नवप्रवर्तन शुरुवाती व्यवसाय प्रोत्साहन नीति र अभ्यास” विषयमा संवाद शृङ्खलाको तेस्रो संस्करण कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

औद्योगिक तथा लगानी क्षेत्रका विविध विषयमा सैद्धान्तिक तथा व्यावहारिक पक्ष, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रवृत्ति, अभ्यास र नवप्रवर्तन सम्बन्धमा अन्तरक्रियात्मक ढाँचामा मासिक रूपमा नियमित संवाद शृङ्खलाको सुरुवात गरिएको मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले प्रशासनसँग बताए ।

नीति निर्माणमा संलग्न सम्बद्ध पदाधिकारी, विज्ञ समूह, व्यावसायिक क्षेत्रका व्यक्तिहरूको सहभागितामा सञ्चालन हुने गरेको यस कार्यक्रमबाट राष्ट्र सेवकहरूको क्षमता अभिवृद्धि गर्ने मन्त्रालयले अपेक्षा गरेको छ ।

साथै मन्त्रालयले आगामी दिनमा तर्जुमा हुने नीति एवं कानुनमा सबैको स्वामित्व बढ्ने र असल अभ्यासहरूलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।

कार्यक्रममा स्वीस सहयोग नियोगसँग सम्बद्ध विज्ञहरू अर्थशास्त्रीहरू तेजस्वी भट्टराई, सुजिव शाक्य, राजु तुलाधर एवं स्वतन्त्र अध्येता प्रवेश खतिवडाले स्रोत व्यक्तिको रूपमा प्रस्तुतीकरण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस