एआईजीमा सिफारिस पोखरेलविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी, छलफलको लागि बोलाइने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एआईजीमा सिफारिस पोखरेलविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी, छलफलको लागि बोलाइने


२२ मंसिर २०७७, सोमबार


काठमाडौँ । सरकारले प्रहरी नायब महानिरीक्षक(डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) गरेको बढुवा सिफारिसविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

मङ्सिर १५ गते गृह सचिव महेश्वर न्यौपानेको नेतृत्वमा बसेको बढुवा समितिको बैठकले डिआइजी विश्वराज पोखरेललाई एआईजीमा सिफारिसमा गरेको थियो । सरोकार राख्ने नागरिक समाजका एक अगुवाले पोखरेलविरुद्ध उजुरी हालेका हुन् ।

उनीभन्दा सिनियर(आइजिपीका ब्याजी) प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) छन् । आइजिपीका ब्याजीहरु डिआइजी हुँदाहुँदै जुनियरलाई एआईजीमा सिफारिस गरेको भन्दै पोखरेललाई छलफलको लागि बोलाउने तयारी रहेको राज्य व्यवस्था तथा सुशासन समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस