राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप


२१ मंसिर २०७७, आइतबार


काठमाडौँ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ ।

मन्त्रिपरिषद्को मङ्सिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो ।

भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा(३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

थपिएको एक वर्षमध्ये २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले चालू आर्थिक वर्ष २०७७-०७८ मा विनियोजित बजेट अन्तर्गतका कार्यहरू कार्यान्वयन गर्नेछ । आगामी आर्थिक वर्षको बाँकी अवधि(२०७८ साउन १ गतेदेखि २०७८ पुस १० गते) मा भने प्राधिकरणले निजी आवास, सिंहदरवार, रानीपोखरी एवं धरहरा पुनर्निर्माणसँग सम्बन्धित अन्तिम फर्स्यौट गर्नुपर्ने कार्य गर्नेछ ।

पछिल्लो समय पुनर्निर्माण प्राधिकरण नेतृत्व घोषित उद्येश्य पुरा गर्न असक्षम रहेको देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस