वैदेशिक अध्ययन तथा तालिम छात्रवृत्तिका लागि कृषि मन्त्रालयद्वारा आवेदन माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वैदेशिक अध्ययन तथा तालिम छात्रवृत्तिका लागि कृषि मन्त्रालयद्वारा आवेदन माग


प्रशासन संवाददाता

२१ मंसिर २०७७, आइतबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले वैदेशिक अध्ययन तथा तालिम छात्रवृत्ति अन्तर्गत कृषि व्यवसाय र कृषि पर्यटन विषयमा अनलाइन तालिम लिन चाहने मन्त्रालयका निजामती कर्मचारीहरुलाई आवेदन भर्न सूचना जारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७७ मंसीर ८ गतेको पत्रानुसार तालिममा सहभागि हुन चाहने योग्यता पुगेका कर्मचारीहरुले तोकिएको ढाँचामा आवेदन दिनुपर्नेछ ।

मन्त्रालयका अनसार तालिम आगामी सन् २०२१ कोे फेब्रुअरी १ देखी २१ सम्म सञ्चालन हुनेछ । यही मंसीर २२ गतेभित्र कृषि मन्त्रालय अन्तर्गत मानव संशाधन लैंगिक विकास तथा समावेशी शाखामा आवेदन बुझाइसक्नुपर्ने सूचनामा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस