उदयपुरमा भरुवा बन्दुक पड्किएर एक वन रक्षकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उदयपुरमा भरुवा बन्दुक पड्किएर एक वन रक्षकको मृत्यु


१८ मंसिर २०७७, बिहिबार


उदयपुर । उदयपुरमा भरुवा बन्दुक पड्किएर बुधबार राति एक वन रक्षकको मृत्यु भएको छ। सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत ४० वर्षीय वन रक्षक लेखनाथ वास्तोलको मृत्यु भएको हो।

प्रहरीका अनुसार सुनसरीको दुहवी घर भएका वन रक्षकले जंगलमा गस्तीमा निस्किएबेला लोड गरेको अवस्थामा भरुवा बन्दुक फेला पारेर राति १० बजे कार्यालय ल्याएका थिए । वनकै गाडीमा राखेर ल्याइएको बन्दुक गाडीबाट निकाल्ने क्रममा बेलका नगरपालिका–१ स्थित कार्यालयको गेट अगाडि पड्किएको थियो ।

बन्दुकको छर्राले छातीमा लागेपछि वास्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले बन्दुक कस्तो अवस्थामा फेला परेको भन्ने बारेमा विस्तृतमा अनुसन्धान थालिएको जनाएको छ। बन्दुक कसले छाडेको हो भन्ने बारे अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस