कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरीको नियन्त्रणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरीको नियन्त्रणमा


१७ मंसिर २०७७, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पौडेललाई नियन्त्रणमा लिएको हो। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको बताए।

उनले सुरक्षा घेरा तोडेकोले हाल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेका आचार्यले बताए ।

वरिष्ठ नेता पौडेलले पनि आफूलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको बताएका छन्।
गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो।

पौडेलले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्।’

 

Tags :
प्रतिक्रिया दिनुहोस