नेकपा सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित, बैठक २० गतेका लागि सर्‍यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित, बैठक २० गतेका लागि सर्‍यो


१७ मंसिर २०७७, बुधबार


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंसिर २० गते बस्ने गरी स्थगित भएको छ।

प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आजको सचिवालय बैठकमा अनुपस्थित भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आजका लागि सचिवालय बैठक बस्न सदस्यहरू उपस्थित भएका थिए। बैठक केहीबेर बसेको बताइएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएपछि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ।

अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्ने एक सचिवालय सदस्यले जानकारी दिए। यससँगै भोलि (१८ गते) का लागि तय भएको स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ । स्थायी कमिटी मंसिर २१ मा बस्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस