निर्धारित समयभन्दा एक घण्टा पर सर्‍यो सचिवालय बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्धारित समयभन्दा एक घण्टा पर सर्‍यो सचिवालय बैठक


१७ मंसिर २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक निर्धारित समयभन्दा एक घण्टा पर सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजे बस्ने गरी सारिएको छ ।

प्रधानमन्त्री केपी ओली लगायत नेताहरूको कार्य व्यस्तताका कारण बैठक एक घण्टा पर सारिएको नेकपा स्रोतले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित हुने छन् ।

प्रधानमन्त्री ओलीले मङ्गलवारको बैठकमा छलफलका क्रममा आज(बुधवार)को बैठकमा आफू नआउने जानकारी गराएका थिए । तर आउने नआउने बारे निश्चित भइसकेको थिए । उनी निकटका नेताहरूसँगको छलफलपछि आजको बैठकमा आउने सहमति जनाएका हुन् ।

मङ्गलवारको बैठकमा ओलीले दस दिन सचिवालय बैठक रोक्न माग गरेका थिए । तर, बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान लिएका थिए । सो क्रममा ओलीले यस्ता बैठकको कुनै औचित्य नभएको पनि बताएका थिए ।

सम्बन्धित समाचार : प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने

सम्बन्धित समाचार : ओलीको उपस्थितिबिना पनि बैठक सञ्चालन गर्ने प्रचण्ड–नेपालको तयारी

सम्बन्धित समाचार : नेकपा सचिवालय आज पनि : ओली उपस्थित नभए नेकपाको भविष्य अनिश्चित

Tags :
प्रतिक्रिया दिनुहोस