डिलाशैनी गाउँपालिकाद्वारा ११ दिन लकडाउन घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डिलाशैनी गाउँपालिकाद्वारा ११ दिन लकडाउन घोषणा


१६ मंसिर २०७७, मंगलबार


बैतडी । कोरोना सङ्क्रमण जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ।

मङ्गलवार गाउँपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाले जनाएको छ ।

मङ्सिर २६ गतेसम्म हुने लकडाउन अवधिमा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइनुका साथै गाउँपालिका र ७ वटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । उक्त अवधिभर गाउँपालिकाभरका विद्यालय पनि बन्द रहनेछन् भने भिडभाड हुने खालका सबै कार्यक्रममा रोक लगाइएको गाउँपालिकाले जनाएको छ।

लकडाउन अवधिमा दैनिक उपभोग्य पसलहरू बिहान ८ बजेदेखि ९ बजेसम्म खुला राख्ने, गाउँपालिकाभित्रका बैङ्क तथा वित्तीय संस्थाहरू हप्ताको ३ दिन आइतबार, मङ्गलवार र बिहीबार मात्रै खुला रहने बताइएको छ।

यस्तै लकडाउन अवधिमा स्वास्थ्य सेवा प्रदायक संस्थाहरू, एम्बुलेन्सलगायत सेवा पनि सुचारु हुने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस