सभा, जुलुस र प्रदर्शन नगर्न अनुरोध « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सभा, जुलुस र प्रदर्शन नगर्न अनुरोध


१६ मंसिर २०७७, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

काठमाडौँमा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढिरहेको भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको छ । भीडभाडजन्य गतिविभि सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस