रौतहटमा चक्कु प्रहारबाट गम्भीर घाइते युवकको मृत्यु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रौतहटमा चक्कु प्रहारबाट गम्भीर घाइते युवकको मृत्यु


१६ मंसिर २०७७, मंगलबार


काठमाडौँ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका रौतहटका एक युवकको मृत्यु भएको छ। गएराति रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय नन्दकिशोर रामको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एसएसपी बसन्त बहादुर कुवँरका अनुसार मृतक नन्दकिशोरका नजिकका छिमेकी १९ वर्षिय रवि रामले उनलाई चक्कु प्रहार गरेको हो ।

प्रवक्ता कुवारले भने,‘सोमबार बेलुकी आफ्नी काकी ललिता देवीलाई छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी गालीगलौज गरेकोमा रवि रामका नजिकका छिमेकी नन्दकिशोरले पनि लाले रामकै पक्ष लिएको भन्दै भनाभन भएको थियो। त्यसपछि रवि रामले रिस उठेर नन्दकिशोरको चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको थियो । घाइते नन्दकिशोरको उपचारका क्रममा एपोलो अस्पतालमा राति साढे ११ बजे मृत्यु भएको हो ।’

चक्कु प्रहार गर्ने रविलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको प्रवक्ता कुवँरले जानकारी दिएका छन् । घाइते नन्दकिशोरलाई उपचारका लागि एपोलो अस्पताल चन्द्रपुर लगिएकोमा उनको राति नै उपचारका क्रममा मृत्यु भएको उनले बताए । घटनास्थलबाट चक्कु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस