२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, ९ अर्बको कारोबार

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से झण्डै २९ अङ्कले वृद्धि हुँदा कारोबार रकमसमेत झण्डै रु नौ अर्बको हाराहारीमा पुगेको छ ।

आइतबार झण्डै ७५ अङ्कले बढेको नेप्से आज २८.७९ विन्दुले वृद्धि हुँदा एक हजार ९९७.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६३ विन्दुले बढेर ३८५.५६ मा पुगेको छ । कूल १९८ कम्पनीको दुई करोड ५१ लाख ९१ हजार ३१९ कित्ता शेयर रु आठ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ ।

बैंकिङ ७.३८, विकास बैंक ४८.१४, वित्त ५.४१ र सामूहिक लगानी कोष ०.१३ विन्दुले घटेको छ । यस्तै व्यापार १५१.०७, होटल ४.९६, जलविद्युत् ८९.२३, निर्जीबन बीमा १९३.०४, उत्पादन ७३.६३, अन्य ४०.२८, लघुवित्त ३७.६ र जीवन बीमा ८२३.३६ विन्दुले उकालो लाग्यो ।

कारोबार भएका कम्पनीमध्ये आज नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३८ करोड ४८ लाख ८६ हजार ७७२ बराबरको कारोबार भयो ।

नेपाल पुनर्बीमा कम्पनी रु ३७ करोड ३४ लाख ११ हजार १०९, प्रभु बैंक रु ३६ करोड ७१ लाख ३९ हजार ९३६, नेपाल बंगलादेश बैंक रु ३३ करोड ३३ लाख २७ हजार ७८४, ग्लोबल आइएमई बैंक रु २७ करोड दुई लाख ३२ हजार २१३, नेपाल इन्भेस्टमेन्ट बैंक रु २४ करोड ८६ लाख चार हजार ५२५, नेपाल बैंक रु २४ करोड ६० लाख ७५ हजार , नबिल बैंक रु २२ करोड ९७ लाख १३ हजार १४० र एनएमबी बैंक रु २२ करोड ५४ लाख ४१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

आज कारोबार भएका कूल कम्पनीमध्ये ११० कम्पनीको शेयर उकालो लाग्यो भने ५६ कम्पनीको शेयर ओरालो लाग्दो छ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । स्टकका अनुसार, युनाइटेड मोदी १०, माथिल्लो तामाकोशी ९.८०, ग्रिन डेभलपमेन्ट बैंक ९.७०, नेपाल बङ्गलादेश बैंक ९.६९, साञ्जेन जलविद्युत् कम्पनी ९.६२, रसुवागढी हाइड्रोपावर ९।६१, नेपाल लाइफ इन्सुरेन्स कम्पनी ९.४४, साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले ९.१७ प्रतिशतले कमाए ।

त्यसैगरी विशाल बजार कम्पनी १०, बोटलर्स नेपाल तराई ५.४२, लुम्बिनी विकास बैंक ४.१०, गरिमा विकास बैंक ३.७९, प्राइम बैंक ३.७७, श्री इन्भेस्टमेन्ट बैंक ३.६७, नेपाल एसबिआई बैंक ३.४४, महालक्ष्मी विकास बैंक ४.३७ र पोखरा फाइनान्सका लगानीकर्ताले ३.३२ प्रतिशतले गुमाए ।

आजको वृद्धिसँगै कूल बजार पूँजीकरण भने रु २६ खर्ब ७६ अर्ब ५२ करोड ४५ लाख ६० हजार ७९० बराबर पुगेको छ । नेप्से र कारोबारमा उच्च अङ्कले भइरहेको वृद्धिका कारण कूल बजार पूँजीकरणसमेत झण्डै रु २७ खर्ब बराबर पुगेको हो ।

प्रतिक्रिया दिनुहोस