महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित


१५ मंसिर २०७७, सोमबार


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।

केन्द्रिय सदस्यहरुबाट एक जनालाई कोषाध्यक्षमा मनोनयन गर्नुपर्ने व्यवस्था भए पनि सर्वसम्मत हुन नसकेपछि सोमबार निर्वाचनबाट सकुन्तलाल हिराचन कोषाध्यक्षमा चयन भएका हुन् ।

कार्यसमिति भित्रको निर्वाचनमा खसेको ७१ मतमा ४० मत ल्याउँदै हिराचन कोषाध्यक्षमा निर्वाचित भएको महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले जानकारी दिए।

कोषध्यक्षका लागि अध्यक्ष शेखर गोल्छा समूहबाट सकुन्तला हिराचन र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समूहबाट डिबी बस्नेत उम्मेदवारी दिएकामा डिबी बस्नेतले ३१ मत ल्याएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस